प्रतिनिधिसभामा बोल्दै पर्यटनमन्त्रीले भने, ‘हवाई सेवालाई विश्वासनीय तुल्याउन र हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

sf7df8f}F, % df3M k|ltlglw;ef a}7sdf dGqL ls/fFtL ;+:s[lt, ko{6g tyf gful/s p•oofdGqL ;’bg ls/fFtL k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf kf]v/fdf oxL df3 ! ut] ePsf] ljdfg b’3{6gfaf/] ;bgnfO{ hfgsf/L u/fpg’x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पोखरा विमानस्थल नजिकै बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको बैठकलाई जानकारी दिनुभयो ।

हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरुको पोखरा र काठमाडौँमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हन्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किराँतीले जानकारी दिनुभयो ।

उहाँले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो । दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकमा आयोगले कार्यसञ्चालन गरिसकेको मन्त्री किरातीले सदनलाई जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

दुर्घटना हुन नदिन सरकारले सोही दिनदेखि आन्तरिक उडान भर्ने जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । “आगामी दिनमा यस्ता घटना दोहरिन नदिन प्राधिकरणलगायत निकायलाई निर्देशन दिइएको छ”, मन्त्री किराँतीले भन्नुभयो, “हवाई सेवालाई विश्वासनीय तुल्याउन र हवाई सुरक्षाप्रति सरकार गम्भीर छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com