कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपाने गरिन् उम्‍मेदवारी दर्ता, प्रस्तावक विश्वप्रकाश शर्मा, समर्थक प्रकाश ज्वाला


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्‍यौपानेलाई सभामुखमा उम्‍मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com