कहिले गर्छौ विहे ? शान्ति श्री परियार र विनोद दनुवारको स्वरमा अनिश क्षेत्रीको भिडियो
प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार
शान्ति श्री परियार र विनोद दनुवारको स्वरमा नयाँ लोकगीत कहिले गर्छौ विहे को भिडियो सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको संगीत र दिग्गज द्योरालीको शब्द संकलन रहेको गीतमा विजय पुन, आभा थापा, विनोद दनुवार र निर्मला कुमारी खत्रीले नृत्य र अभिनय गरेका छन् ।

अनिश क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको छ । द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गीतको रेकर्ड ए प्लस स्टुडियोमा गरिएको हो ।

गीतका रेकर्डिस्ट नारायण आचार्य हुन् भने मिक्सिंग नरेश बीसीले गरेका छन् । विमला थामी र गणेश श्रेष्ठको सहायक कोरियोग्राफी रहेको गीतमा झन्हरी ढुंगेल, रिजवान थापा, सञ्जु सापकोटा, रुपेश गौतम लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।






