शोकमा डुबेको छ विमान दुर्घटनामा मृत्यु भएका क्याप्टेन केसीको गाउँ


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

SofK6]g s];Lsf] k’Vof}{nL 3/ otL Po/nfOG;sf] ljdfg b’3{6gfdf d[To’ ePsf sf:sLsf] ?kf ufpFkflnsf–#, kf]Nofªl:yt kfOn6 sdn s];Lsf] k’Vof}{nL 3/ . ljdfg b’3{6gfdf sdnsf] d[To’ ePkl5 ufpFsf ;a} zf]sdf k/]sf 5g . tl:a/M k”0f{ ljs]÷/f;;

आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहनुभएकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् ।

गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताउनुभयो । “दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उहाँले भन्नुभयो, “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।”

घरधन्दामा व्यस्त रहेको आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिनुभयो । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताउनुभयो । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उहाँले भन्नुभयो, “हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ । सबैको आत्माले शान्ति पाओस् ।”

सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि ९तत्कालीन महेन्द्रज्योति प्रावि०मा कक्षा ४ देखि ५ सम्म पढ्नुभएको थियो । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढ्नुहुन्थ्यो । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौँ हानिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“कमलदाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार हुनुहुन्थ्यो”, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय बलभद्र कुमालले भन्नुभयो, “हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो ।”

काठमाडौँबाट हरेक पटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गर्नुहुने कुमालले बताउनुभयो । “म यस्तो उस्तो भनेर कमलदाइले कहिल्यै घमण्ड गर्नुहुन्थेन,” कुमालले भन्नुभयो, “आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ ।”

माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहेपनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताउनुभयो । “हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,” रानाभाटले भन्नुभयो ।

आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उहाँले बताउनुभयो । गाउँमा ‘काजिबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुनुहुन्छ भने विनोद माइला र विदुर कान्छा छोरा हुनुहुन्छ । कमलका कल्पना, विन्दु, सरीता र सुनीता गरी चार बहिनी हुनुहुन्छ । देवीको कोखबाट सुनीता जन्मिनुभएको हो । वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्नुहुन्छ । क्याप्टेन कमल बूढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्नुहुन्थ्यो । जेठा छोरा सागर बैङ्ककमा हुनुहुन्थ्यो ।

क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमालगायत श्रीमती शिलु र छोराहरुलगायत अर्धचेत अवस्थामा हुनुहुन्छ ।

क्याप्टेन कमल अनुभवी पाइटलमा गनिनुहुन्थ्यो । उहाँ ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइलटसमेत हुनुहुन्छ । नेपाल वायु सेवा निगममा लामो समय विमान चलाउनुभएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध हुनुभएको थियो । माघ १ गते ६८ यात्रुसहित चार चालका दलका सदस्य रहेको यतीको यही दुर्घटनाग्रस्त विमानले पुस ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com