प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

sf7df8f}F, # df3 . gjlgo’Qm ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{ dªunaf/ dGqfnodf cfˆgf] sfo{ef/ ;DxfNg k’Ubf dGqfnodf dftxtsf sfof{nosf k|d’vx? :jfut ub}{ . tl:a/ M /Tg >]i7, /f;;

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना, प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको छ ।

सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माणलगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दिनुभयो । मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पार्नुभयो । राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासाहरु आफैँ समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो ।

विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरु लैजान पनि महिनौँसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरु सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भन्नुभयो, “एक व्यक्ति आफैँ सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ ।” त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले थप्नुभयो, “मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् रु मन्त्रालयले गर्नुपर्ने कुरा के हो रु राम्रा कुरा के छ रु गाँठो फुकाउनुपर्ने कुराहरु के छ रु सरकारका तर्फबाट के ध्यान दिनुपर्छ रु सबै विषयमा विशेष ढङ्गले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सबैले तत्तत् ठाउँबाट गर्नुपर्ने कुराहरु के हुन् रु तोकिएका कुराहरु के छन् रु जानकारी गराउन अनुरोध गर्दै त्यसको गाँठो फुकाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री शर्माले मन्त्रालयसँग जोडिएको आमसञ्चारलाई व्यवस्थित र सकारात्मक बनाउने विषयमा पनि आफ्नो विशेष ध्यान रहने बताउनुभयो । उहाँले भन्नुभयो, “सँच्चिकै भन्ने हो भने सञ्चारजगत्ले सरकारका काम कारबाहीका कुरालाई सकारात्मक ढङ्गले ल्याउन सक्ने हो भने हामीले धेरै काम गर्न सक्ने छौँ ।”

उहाँले आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि आफ्नो ध्यान रहेको बताउनुभयो । मन्त्रालयका सबै विभाग, निकायबाट राम्रा कामका साथै त्यहाँ रहेका समस्या र चुनौतीहरु के हुन् रु गर्न नसकेका काम के हुन् रु के गर्दा काम सम्पन्न गर्न सकिन्छ रु भन्ने विषयलाई पनि समावेश गरी जानकारी गराउन मन्त्री शर्माले आग्रह गर्नुभएको छ । उहाँले सडक मार्गमासमेत सञ्चार सम्पर्क विच्छेद हुने भएकाले कम्तीमा पनि राजमार्गमा सञ्चार पहुँच सहज बनाउनुपर्नेमा जोड दिनुभयो । जहाँ सहज पहुँच पुगेको छ, त्यहाँको सेवा पनि प्रभावकारी नरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले त्यसको समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

उक्त समारोहमा सञ्चार सचिव डा बैकुण्ठ अर्यालले सरकारी कार्यालयलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यस्वरुप एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको बताउनुभयो । सोही निर्णय प्रक्रियाबाट आज मन्त्री शर्माले दूरसञ्चारलाई सबै क्षेत्रमा पहुँच सुनिश्चितता गर्न गरी विद्युतीय माध्यामबाट पहिलो निर्णय गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले उक्त निर्णय सञ्चार क्षेत्रका लागि महत्वपूर्ण रहेको र यसले मन्त्रालयलाई थप उत्साहित बनाएको बताउनुभयो । उहाँले नेपालमा फाइभ–जी सेवा भित्र्याउने अन्तिम तयारीमा रहेको जानकारी पनि दिनुभयो । अहिले सात सय ३५ स्थानीय तहमा फोर–जी सेवा सुरु गरेको र सर्वसुलभ र विनाअवरोध पहुँचका विषयमा काम गर्न बाँकी नै रहेको सचिव डा अर्यालको भनाइ थियो ।

उक्त समारोहमा सचिव डा अर्यालले मन्त्री शर्मासमक्ष मन्त्रालयअन्तर्गतका विभाग, शाखा, बोर्ड, संस्थानलगायतले गर्ने काम कारबाहीका विषयमा जानकारी गराउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com