राजेन्द्र लिङ्देनले भने- धेरै असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगें


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् ।

मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लागेका लिङ्देनले आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गरेका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु,’ उनले लेखेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले मंगलबार राष्ट्रपतिबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डेले सहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको र दिपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्री पदको शपथ लिने तय भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com