मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्ने भयो प्रचण्डको मन्त्रिमण्डल


प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन्। सोमबार राति सकिएको सत्ता साझेदार दलहरुको बैठकले एमालेलाई ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरि सहमति भएको हो।

भागबण्डा अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउने भएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको छ।

यस्तो बन्ने छ प्रचण्डको मन्त्रिमण्डल

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री- पुष्पकमल दाहाल

उपप्रधान तथा अर्थ मन्त्री- बिष्णुप्रसाद पौडेल

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री – नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा गृह मन्त्री -रवि लामिछाने

उपप्रधान तथा ऊर्जा मन्त्री -राजेन्द्र लिङदेन

मन्त्रीहरू

एमालेबाट

पदम गिरी -स्वास्थ्य

डा. विमला राई पौडेल- परराष्ट्र

हरि उप्रेती- टुंगो लाग्न बाँकी

ज्वाला कुमारी साह- कृषि

भगवती चौधरी -टुंगो लाग्न बाँकी

दामोदर भण्डारी -उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई -टुंगो लाग्न बाँकी

माओवादीबाट

रेखा शर्मा- सञ्चार

सुदन किराती- पर्यटन

अमनलाल मोदी -सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल- शिक्षा

डिपी अर्याल- श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे- सहरी विकास

ध्रुव प्रधान- कानून

जनमतबाट

अब्दुल खान- टुंगो लाग्न बाँकी

राज्यमन्त्री

डा.तोसिमा कार्की- स्वाथ्य राज्यमन्त्री

दिपकबहादुर सिंह -सहरी विकास

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com