फेरि बढ्यो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि, रोजगारमा आधारित ग्रिनकार्डको अवस्था के छ ?


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फेब्रुअरीको भिसा बुलेटिन जारी गरेपनि सबै मिति जनवरीकै कपीपेष्ट गरेको छ । अर्थात् जनवरीका तुलनामा फेब्रुअरीमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा कुनै पनि टसमस भएको छैन, बरु रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारका लागि ग्रिनकार्ड फाइल गर्ने मिति अझ पछाडि सरेको छ । परिवार र रोजगारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र पाउने अवधि जनवरीको तुलनामा १ महिना बढेको छ ।

ग्रिनकार्ड पाउने मिति २०२१ को सेप्टेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित  श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ । ग्रिनकार्ड पाउनका लागि २०२१ को सेम्टेम्बरमा जुन मिति कायम थियो अहिले पनि त्यही मिति कायम छ ।

जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने गतबर्षको सेप्टेम्बरको तुलनामा १६ महिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरीको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष २ महिना पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ७ बर्ष ५ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ३ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १५ बर्ष ११ महिना पुगेको छ ।

कम दक्षता हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अन्य कामदारले ग्रिनकार्ड फाइल गर्न पाउने मितिपनि सेप्टेम्बर ८, २०२२ बाट २०२० को फेब्रुअरीमा पछाडि सरेको छ । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ५८५ फाइल गर्न र त्यसका आधारमा वर्क परमिट, एड्भान्स परोल लगायतका डकुमेन्टहरु प्राप्त गर्नसक्ने गरी भिसा बुलेटिनमा व्यवस्था गरिएकोमा यो व्यवस्था नोभेम्बर, डिसेम्बर हुँदै जनवरीमा पनि कायम गरिएको थियो । तर फेब्रुअरीको भिसा बुलेटिनमा अब यो मिति २ बर्ष पछाडि पुगेको छ ।

 

रोजगारमा आधारित ग्रिनकार्डको अवस्था के छ ?

रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा अमेरिकामा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ ।

२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् ।

रोजगारमा आधारित दोश्रो श्रेणीका लागि नोभेम्बरमा भिसा करेन्ट रहेकोमा डिसेम्बर, जनवरी हुँदै फेब्रुअरीमा १ डिसेम्बर २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अर्थात् फेब्रुअरीमा रोजगारमा आधारित दोश्रो श्रेणीका लागि आई १४० का साथमा आई ४८५ फाइल गर्न नपाइने भएको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको ग्रिनकार्डका लागि पनि फेब्रुअरीमा भिसा करेन्ट रहेको छैन । सन् २०२२ को जुलाई २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र यो श्रेणीमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । त्यस्तै निश्चित धार्मिक कामदारका सन्दर्भमा पनि फेब्रुअरीमा सन् २०२२ को जुलाई २२ अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । रोजगारमा आधारित पहिलो र तेश्रो श्रेणी स्कील्ड वर्कर भने करेन्ट रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com