कलाकारिता क्षेत्र शोकमा डुबाउदै पोखरा विमान दुर्घटनामा ज्यान गुमाउने लोकदोहोरी गायिका निरा


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

यती एयरको जहाज दुर्घटनामा परी लोकदोहोरी गायिका निरा छन्त्यालको निधन भएको छ । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आज बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको हो । ‘माइतीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिनुभएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन आज बिहान काठमाडौँदेखि पोखरा जादै हुनुहुन्थ्यो ।

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गर्नुभएकी उहाँको दुर्घटनामा निधन भएको उहाँकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गर्नुभयो । उहाँ सवार जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनासँगै नेपाली लोकसङ्गीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी छन्त्याल पछिल्लो समय चर्चामा हुनुहुन्थ्यो । कलाकार टिका सानुले नेपाली लोक साङ्गीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताउनुभयो ।

बडिगाड–८ का टिका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई÷तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने गर्नुहुन्थ्यो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

शनिबार नै टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरामा आउनुअघि उहाँले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेती खोँचमा अस्ताउनुभएको छ । बुबाआमालगायत उहाँका परिवारजन बाग्लुङ गाउँमै बस्नुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com