२३ बर्ष, डेढ दर्जन दुर्घटना, साढे ३ सय बढीको मृत्यु: दुर्घटनाग्रस्त ६ विमान यती र तारा एयरका


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

Rescuers inspect the wreckage at the site of a plane crash in Pokhara on January 15, 2023. – At least 67 people were confirmed dead on January 15 when a plane with 72 on board crashed in Nepal, police said, in the Himalayan country’s deadliest aviation disaster in three decades. (Photo by PRAKASH MATHEMA / AFP)

पर्यटकीय सहर पोखरामा आइतबार विमान दुर्घटना हुँदा दर्जनौंको ज्यान लिएको घटनासँगै नेपालको भयानक हवाई दुर्घटनाको इतिहास छ । पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो भने व्यावसायिक आन्तरिक उडानमा यो ५० औँ दुर्घटना हो । तर, यो नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना पनि हो ।

तस्बिर प्रकाश माथेमा/एएफपी

आइतवारको विमान दुर्घटनासँगै सन् २००० देखि हालसम्म देशमा डेढ दर्जन बढी हवाई दुर्घटनामा झण्डै साढे ३ सय जनाको ज्यान गएको छ । जसमा यती एयरलाइन्स र त्यसको सहायक तारा एयरलाइन्सका विमान ६ वटा छन् ।

जनवरी १५, २०२३

नेपालको यती एयरलाइन्सद्वारा सञ्चालित ७२ यात्रु बोकेको दुई इन्जिन भएको विमान पोखरामा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको राजधानी काठमाडौंमा अवतरण गर्न खोज्दा पहाडमा खसेर पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमानमा सवार सबै १६७ यात्रुको ज्यान गएको सन् १९९२ पछिको यो सबैभन्दा ठूलो हवाई दुर्घटना थियो।

मे २९, २०२२

काठमाडौंबाट १२५ किलोमिटर पश्चिममा पोखराबाट उडेको १५ मिनेटपछि मुस्ताङमा डि ह्याभिल्यान्ड क्यानडाको डीएचसी सिक्स ३०० विमान दुर्घटना हुँदा १६ नेपाली, चार भारतीय र दुई जर्मनको मृत्यु भएको थियो।

यतीको इकाई तारा एयर द्वारा संचालित उक्त विमानले आफ्नो पहिलो उडान अप्रिल १९७९ मा गरेको थियो ।

फेब्रुअरी २७, २०१९

पूर्वी नेपालमा खराब मौसममा हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु भएको थियो ।

मार्च १२, २०१८

नेपालको राजधानीको विमानस्थलमा अवतरण गर्न आउँदा बादल लागेको मौसममा दुर्घटना हुँदा युएस–बंगला एयरलाइन्सको बंगलादेशी विमानमा सवार ७१ जनामध्ये ५१ जनाको मृत्यु भएको थियो ।

फेब्रुअरी २६, २०१६

पश्चिम नेपालको कालिकोट जिल्लामा सानो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । यसलाई काष्ठमण्डप एयरलाइन्सले सञ्चालन गरेको थियो ।

फेब्रुअरी २४, २०१६

खराब मौसममा म्याग्दीमा  एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २३ जनाको मृत्यु भएको थियो । तारा एयरको ट्विनअटर विमान पोखराबाट उडेको थियो ।

फेब्रुअरी १६, २०१४

खराब मौसममा दुर्घटनाग्रस्त सानो विमानमा सवार सबै १८ जनाको मृत्यु भएको थियो । ट्विनअटर विमान सरकारको नेपाल वायुसेवा निगमले सञ्चालन गरेको थियो ।

सेप्टेम्बर २८, २०१२

काठमाडौंबाट उडेको केही बेरमै एउटा सानो प्रोपेलर संचालित डोर्नियर विमान चरासँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा सात बेलायती र पाँच चिनियाँ यात्रुसहित १९ जनाको मृत्यु भएको थियो।

सेप्टेम्बर २५, २०११

सगरमाथा हेर्न विदेशी पर्यटक बोकेको सानो विमान काठमाडौं नजिकै खराब मौसममा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । यो विमान निजी वायुसेवा कम्पनी बुद्ध एयरले सञ्चालन गरेको थियो ।

डिसेम्बर १६, २०१०

दुर्गम पूर्वी नेपालको हिमालय फेदीमा ओखलढुंगामा  एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको मृत्यु भएको थियो । त्यो ट्विनअटर विमान तारा एयरले सञ्चालन गरेको थियो ।

अगस्त २४, २०१०

नेपालमा खराब मौसममा विमान दुर्घटना हुँदा चार अमेरिकी, एक जापानी र बेलायती नागरिकसहित १४ जनाको मृत्यु भएको थियो । यसलाई निजी स्वामित्वमा रहेको अग्नि एयरले सञ्चालन गरेको थियो ।

अक्टोबर ८, २००८

यती एयरलाइन्सको एउटा सानो ट्विन अटर विमान उत्तरपूर्वी नेपालको दुर्गम पहाडमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विदेशी थिए।

४ मार्च २००८

नेपालमा भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा १० जनाको ज्यान गएकोमा चार राष्ट्रसंघीय हतियार पर्यवेक्षक थिए ।

जुन २१, २००६

यती एयरलाइन्सद्वारा सञ्चालित ट्विन अटर यात्रुवाहक विमान देशको पश्चिम जुम्लामा अवतरण हुनु केही मिनेट अघि नै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको थियो ।

२५ मे २००४

ट्विन अटर कार्गो विमान सगरमाथा क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । यो विमान यती एयरलाइन्सले सञ्चालन गरेको थियो ।

अगस्ट २२, २००२

विदेशी पर्यटक बोकेको अर्को ट्विन अटर विमान नेपालको खराब मौसममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भएको थियो । यसलाई सांग्रिला एयरले सञ्चालन गरेको थियो ।

जुलाई १७, २००२

पश्चिम नेपालको पहाडमा दुई इन्जिन भएको विमान अवतरण हुनुभन्दा केही मिनेट अगाडि नै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

जुलाई २७, २०००

क्यानडामा निर्मित ट्विन ओटर यात्रुवाहक विमान पश्चिम नेपालको डडेल्धुरा जोगबुढामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै २५ जनाको मृत्यु भएको थियो । यो सरकारी स्वामित्वको रोयल नेपाल एयरलाइन्सद्वारा संचालित थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com