अमेरिकाबाट नेपाल घुम्न आएका हरि परियारको परिवारको नै विमान दुर्घटनामा निधन भएको छ । उनीहरु घुम्नका लागि पोखरा जाँदै थिए ।
पोखराको सेती नदी खोंचमा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएपछि अस्पतालको शवगृह बाहिर जम्मा भएका आफन्त तथा सर्वसाधरण । तस्बिर: कृष्ण दवाडी/रासस
काठमाडौं स्वयम्भुका हरि परियार, श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारको आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा निधन भएको छ ।
पोखराको सेती नदी खोंचमा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरुको उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर: कृष्ण दवाडी/रासस
उनको परिवार विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । काठमाडौं आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।