पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन -एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com