अमेरिकामा यसपटक जनवरी २३ देखि ट्याक्स फाइल गर्न सकिने, डेडलाइन अप्रिल १८


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

black ceramic mug beside white printer paper

अमेरिकामा आईआएसले जनवरी २३ देखि व्यक्तिगत ट्याक्स रिटर्नहरू स्वीकार गर्न थाल्ने घोषणा गरेको छ । अधिकारीहरूले यस फाइलिङ सिजनमा मुख्य सुधारहरू गर्ने वाचा गरेका छन् ।

धेरै जसो करदाताहरूले मंगलबार अप्रिल १८ सम्म आफ्नो विवरण पेश गर्न वा म्याद थप्न अनुरोध गर्न सक्नेछन्। सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम दिन अप्रिल १५ हुने भएतापनि उक्त दिन शनिबार परेकाले र अप्रिल १७ मा आईआरएसको मुख्यालय रहेको वाशिंगटनमा मुक्ति दिवस छुट्टी भएकाले डेडलाइन अप्रिल १८ भएको हो ।

यस फाइलिङ सिजनमा मुद्रास्फीति न्यूनीकरण ऐनमा बहु वर्षीय कोषबाट आईआरएस र अमेरिकाको कर प्रणालीलाई फाइदा पुर्‍याउने पहिलो पटक भएको कार्यवाहक आईआरएस आयुक्त डग ओडोनेलले एक विज्ञप्तिमा बताएका छन् । हजारौं नयाँ कर्मचारीहरूलाई फोनको जवाफ दिन र मानिसहरूलाई मद्दत गर्न तालिम दिएको तथा यो कर मौसममा सुधारहरू अनुभव गर्ने आशा गरेको आईआरएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश करदाताहरूले सामान्यतया आईआरएसबाट रिफण्ड प्राप्त गर्ने अपेक्षा गर्न सक्छन्। फाइलिङको २१ दिन भित्र रिफण्ड प्राप्त गर्नको लागि आईआरएसले ट्याक्स रिटर्न इलेक्ट्रोनिक रूपमा फाइल गर्न सुझाव दिएको छ । साथै रकम डिपोजिटका लागि बैंक एकाउन्ट दिन सुझाव दिएको छ ।

यद्यपि आईआरएसले केही रिफण्डमा अतिरिक्त समीक्षा आवश्यक हुन सक्ने र यदि प्रणालीहरूले कुनै त्रुटिहरू पहिचान गरेमा प्रशोधन गर्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । यदि रिटर्नमा गल्तीहरू भएमा प्रणालीले चोरी वा धोखाधडीको शंका गर्दछ।

त्यसका अतिरिक्त अर्नड इन्कम ट्याक्स क्रेडिट, कमदेखि मध्यम आय भएकाहरुका लागि कर छुट, वा अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिट दावी गर्ने करदाताले मध्य फेब्रुअरी अघि रिफण्ड प्राप्त गर्न नसकने आईआरएसले चेतावनी दिएको छ । आईआरएसले यस वर्ष करदाताहरूलाई विगतका बर्षको तुलनामा थोरै रिफण्डका लागि तयारी हुन चेतावनी दिएको थियो ।

किनभने २०२२ मा संघीय सरकारले कुनै राहत चेकहरु प्रदान गरेको छैन । २०२१ मा आईआरएसले तेश्रो चरणको १४ सय डलरको राहत चेक दिएको थियो ।
योग्य अमेरिकीहरूले आफ्नो कर रिटर्नमा भुक्तान नगरिएको रकम अझै पनि दाबी गर्न सक्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com