आमाहरुप्रति समर्पित थोत्रो चोली, आमा र सन्तानबीचको सम्बन्ध दर्शाउने गीत


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

आमाहरुप्रति समर्पित गीत थोत्रो चोली सार्वजनिक भएको छ । आमा र सन्तानबीचको सम्बन्ध दर्शाउने यो गीतमा राज सिग्देलको स्वर र सङ्गीत रहेको छ । हरि बस्ताकोटीले रचना गरेको गीतको भिडियोमा दिकपाल केसी, बेनिशा हमाल र आर्नबले अभिनय गरेका छन् ।

गीतमा अच्युत घिमिरेको वाचन सुन्न सकिन्छ भने गीतको एरेन्ज कृष्ण भान्जाले गरेका हुन् । मिक्सिङ श्यामस्वेत रसाइलीले प्रिज्म स्टुडियोमा गरेका हुन् ।

भिडियोको निर्देशन युबराज वाइबा र सह निर्देशक लोमस पौडेलले गरेका छन् । छायाङ्कन निसाल पौडेल र सम्पादन बिकाश दाहालले गरेका छन् । निर्माण नियन्त्रक नबिन बिस्ट हुन् भने शृङ्गार स्वस्तिका श्रेष्ठको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो गीत सबै आमाहरुको त्याग, तपस्या, बलिदान र संघर्षमा आधारित रहेको निर्माता दिक्पाल केसीले बताए । उनले भने – ‘हाम्रो बाल्यकाल र हामीले आमाहरुसँग विताएका पलहरु गीतमा दर्शाउन खोजिएको छ । धेरैभन्दा धेरै आमाहरु र सन्ततीबीचमा सुमधुर सम्बन्ध अझ धेरै प्रगाढ होस्, जसको कारणले आमाहरुको मुहारमा खुशी छाओस् भन्ने गीतको उद्देश्य हो ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com