विना भिसा अमेरिका आउन चाहने मेक्सिकोमा रोकिएका आप्रवासीका लागि मोबाइल एप सुरु


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रोकिएकाहरुका लागि अनलाइन अप्वाइन्टमेन्ट लिन मिल्ने मोबाइल एप सीबीपी वान सुरु गरिएको घोषणा गरेको छ । राष्ट्रपति बाइडेनले गत साता घोषणा गरेका थप सीमा प्रवर्तन उपायहरूको एक भागको रूपमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कानुनी अध्यागमनका लागि मार्गहरू विस्तार गर्न, अवैध आप्रवासनलाई सीमित गर्न र सुरक्षा बढाउन नयाँ योजनाहरु अगाडि सारिरहेको जनाएको छ ।

जनवरी १२ देखि लागू हुने गरी अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रहेका भिसा नभएका आप्रवासीहरुले अग्रिम जानकारी पेश गर्न र प्रवेशका निश्चित दक्षिणपश्चिम पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्न अपोइन्टमेन्ट तय गर्न यो एप प्रयोग गर्न सक्छन्। तत्कालका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड टाइटल ४२ का कारण मानवीय अपवादको लागि विचार गर्न सकिने आप्रवासीहरुले मात्र यो एप प्रयोग गर्न सक्छन्।

टाइटल ४२ आदेश अन्तर्गत सीबीपीलाई मानवीय हितका आधारमा परिस्थितिहरूको समग्रताको मूल्यांकन गर्दै हरेक केसका आधारमा निर्णय लिने अधिकार दिइएको छ। यो एपको प्रयोग गर्ने आप्रवासीहरुले निश्चित पहिचान जोखिम मापदण्डहरू पूरा गर्छन् र पोर्ट अफ इन्ट्रीमा प्रस्तुतीकरणमा यो दाबी प्रमाणित गर्न तयार हुन्छन् भन्ने कुरा स्वीकार गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एप्लिकेसनले बिना अनुमति अमेरिकी सीमानाहरू पार गर्ने प्रयासको विपरीत आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्नको लागि सुरक्षित र व्यवस्थित तरिका प्रदान गर्दछ । एप्लीकेशन मार्फत निर्धारित अपोइन्टमेन्ट टाइटल ४२ अर्डरबाट अपवादको ग्यारेन्टी भने नभएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

सीबीपी वानको प्रयोगले प्रतीक्षा समय घटाउने र सुरक्षित, व्यवस्थित र सुव्यवस्थित प्रशोधन सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यो कुनै पनि राष्ट्रियताका आप्रवासीहरुका लागि खुला रहेको जनाइएको छ । तर उनीहरु मध्य वा उत्तरी मेक्सिकोमा अवस्थित हुनुपर्छ । यो एप्लीकेशन प्रयोग गर्न कुनै शुल्क तिर्नुपर्दैन ।

टाइटल ४२ को अपवादमा पर्नेहरुले १४ दिन अगाडि ८ वटा पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सक्नेछन् । एरिजोनाको नोगेल्स, टेक्सासको ब्राउन्सभिल, इगलपास, हिडाल्गो, लरेडो, एलपासो र क्यालिफोर्नियाको क्यालेक्सिको र सान यसिड्रो पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

टाइटल ४२ अर्डर हटेपछि विना भिसा अमेरिका आउने सबै आप्रवासीहरुले निरीक्षणको लागि आफूलाई प्रस्तुत गर्न र पर्खनको लागि सीधै पोर्ट अफ इन्ट्रीमा आउनुको सट्टा अपोइन्टमेन्टको समय निर्धारण गर्न यो एपको प्रयोग गर्न सक्षम हुनेछन्। यो नयाँ सुविधाले पोर्ट अफ इन्ट्रीमा प्रतीक्षा समय र भीडलाई उल्लेखनीय रूपमा कम तथा सुरक्षित, व्यवस्थित र मानवीय प्रशोधनका लागि अनुमति दिने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com