सिंगापुरमाथि नेपालको रोमाञ्चक जित


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– विनोद पाण्डे

श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । जवाफमा आएका सिंगापुरलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले रोमाञ्चक विजय हात पारेको हो ।

चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com