सफल परीक्षणपछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरद्धारा साप्ताहिक उडानको तयारी


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो ।

रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुको सङ्ख्याका आधारमा साप्ताहिक दुई दिनको उडान पनि भर्न सकिने छ । तर अझै हप्ताको कुन बार उडान हुने भन्ने निर्णय भइसकेको छैन ।

रेसुङ्गा नगरपालिका र तारा एयरको समन्वयमा पहिलो चरणका केही नियमित उडान हुनेछन् । यात्रु भएमा मात्र नियमित उडान गर्ने तारा एयरको तयारी छ । रेसुङ्गा विमानस्थलबाट सफल परीक्षण भएको र अब तारा एयरको प्राविधिक समूह आएर काम गर्नाका साथै कर्मचारी राखेपछि बढीमा दुई हप्तापछि नियमित उडान गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले बताउनुभयो । “हामीले नाफाका लागि नै उडान गर्ने हो, जसका लागि पर्याप्त मात्रामा यात्रु हुनुपर्छ”, प्रवक्ता बर्तौलले भन्नुभयो, “यात्रु भएमा हामीले साप्ताहिक रुपमा एक पटक र बढीमा दुई पटक नियमित उडान गर्नेर्छौं ।” उहाँका अनुसार गुल्मीदेखि काठमाडौँसम्म जहाजको यात्रा ४५ मिनेट र भाडा रु आठदेखि नौ हजारको बीचमा रहनेछ ।

रेसुङ्गा विमानस्थलमा परीक्षणका लागि सफल अवतरण गराउनुभएका पाइलट सञ्जीव श्रेष्ठले दिउँसो र साँझपख हावाको नकारात्मक प्रभाव पर्ने भएकाले बिहानी समय दिउँसो १२ बजेभित्र उडानका लागि कुनै समस्या नहुने बताउनुभयो । उहाँले यात्रु भएमा आफूहरु नियमित उडान गर्न तयार रहेकोसमेत बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुल्मीलाई दिगो रुपमा हवाई सेवा दिनका लागि आफूहरुले निरन्तर पहल गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । “गुल्मीको भाग्य र भविष्यसँग रेसुङ्गा विमानस्थल जोडिएको छ”, उहाँले भन्नुभयो, “नियमित उडानको तयारी भइरहेको छ, दुई हप्तापछि सुरु हुन्छ ।” यात्रुको सङ्ख्या कम भएको खण्डमा सुरुसुरुको समयमा रेसुङ्गा नगरपालिकाले सहयोग गर्नेछ । तर यात्रुका कारण नियमित उडान नरोकिने नगरप्रमुख पन्थीको दाबी छ ।

रेसुङ्गा विमानस्थलबाट १८ सिट क्षमताको जहाज उड्नेछ । परीक्षण उडानमा आइतबार गुल्मीको क्षेत्र नं १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, रामकुमारी झाँक्री, हाललाई लुम्बिनी प्रदेशका सभामुख प्रदेश सांसद डिल्लीराज भुसाल, सांसद धनेन्द्र कार्की, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) गुल्मीका संयोजक बुद्धि जिसी लगायतको समूह पनि तारा एयरमा काठमाडौँबाट आउनुभएको थियो । नगरप्रमुख बाहेकको समूह काठमाडौँ नै फर्किनुभएको छ ।

विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास भएको थियो । यहाँ २०७५ जेठ २५ गते तारा एयरकै जहाजले सफल रुपमा धुले उडान परीक्षण गरेको थियो । विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा विमानस्थल फैलिएको छ । कूल ३५ करोड लागतमा विमानस्थल तयार भएको आयोजना कार्यालयका इन्जिनियर दिनेश परियारले बताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com