आजको मौसम : तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

शको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया रहने बताइएको छ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लागिरहेको अवस्था छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com