‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पु¥याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरु भन्नुहुन्छ, “केही समय नेतृत्वविहीन हुँदा बन्द भएको पुस्तकालयले अहिले नयाँ जीवन पाएको छ ।” पुस्तकालयलाई व्यवस्थित गर्दै लैजाने क्रममा ‘इ लाइब्रेरी’को रुपमासमेत विकास गर्न लागिएको बाँकेका साहित्कार तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजङ्ग पिटरले जानकारी दिुनभयो ।

उहाँले साहित्यप्रति युवापुस्ताको आर्कषण बढाउन र विश्व साहित्यको अनुशरण गर्न ‘इ लाइब्रेरी’ फलदायी हुने विश्वास व्यक्त गर्दै गजल साहित्यमा युवाको आकर्षण बढेको छ भन्नुभयो । बाँकेमा खास गरी शनिबारका दिन नेपालगञ्ज र आसपासका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम हुँदै आएका छन । जिल्लाको खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा त्यस्ता साहित्य सिर्जनाका कार्यक्रम हुँदै आएको बताइएको छ । नेपालगञ्जमा रहेको भेरी साहित्य समाज, मध्यपश्चिम साहित्य स्रष्टालगायतका साहित्यिक संस्थाले साहित्य सिर्जनामा ठूलो योगदान गरेका छन ।

“पुस्तकालयका लागि जेनेरेटर, माइक किन्ने र नयाँ पुस्तक समेत किनेर वाचनालयलाई समेत व्यवस्थित बनाउने प्रयास भइरहेको छ”, साहित्यकार पिटरले भन्नुभयो । कोहलपुरमा ज्ञानोदय पुस्तकालय र पूर्णिमा साहित्य संस्थाले साहित्य र सिर्जनाको जर्गेना गरेका छन् ।

“बाँकेमा साहित्यको अवस्थाप्रति हामी निरास हुनुपर्ने अवस्था छैन, बरु यसलाई अझ बढी परिणाममुखी र कामकाजी बनाउन युवाको आकर्षण बढाउन आवश्यक छ”, उहाँको सुझाव छ । पुस्तकालयमा समस्या भएपछि पाठकको सङ्ख्या घटेको, पठन संस्कृति कम भएको र भएका पुस्तक गोदाममा थन्किएका थिए । अब पुस्तकालयलाई जीवन्त बनाउन नयाँ किताब भित्र्याउने र नयाँ ‘क्याटलग’ बनाउने काम भइरहेको पिटरले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २००३ मा स्थापना भएको सो पुस्तकालयको पुरानो नाम प्रेम पुस्तकालय हो । शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापित पुस्तकालयले चेतनाको एउटा लहर निर्माण ग¥यो तर पुस्तकालय स्थापनामा अहम् भूमिका खेलेका योगेश्वर मिश्रलाई तत्कालीन राणा सरकारले एउटा जिम्मेवारी दिएर उदयपुर चिसापानी पठाएको थियो ।

पुस्तकालय निर्माणमा योगेश्वर मिश्र, वामदेव शर्मा, श्रीधर शर्मालगायतका व्यक्तिको भूमिका रहेको छ । प्रेम पुस्तकालयको रूपमा स्थापित सो पुस्तकालयको नामबारे विस्तृत भन्न सक्ने अहिले त्यो पुस्ता नरहेको विश्लेषकसमेत रहनुभएका साहित्यकार पिटर बताउनुहुन्छ ।

शिक्षा र चेतनाप्रति उत्सुक समाजमा सो पुस्तकालयको तत्कालीन अवस्थामा वाचनालय मात्र बनेन, नेपालगञ्ज सहरका बुद्धिजीवी, पत्रकार, राजनीतिक नेता तथा सामाजिक अगुवाको जमघट हुने, छलफल, बहस गर्ने थलोसमेत बनेको थियो । जहाँ देशको तत्कालीन राजनीतिक तथा सामाजिक विषयबारे चर्चा हुने गथ्र्यो । उक्त पुस्तकालयको आँगनमा नेपालगञ्ज सहरको विकास र आकार निर्माण मात्र भएनन् यो सहरको सामाजिक सहअस्तित्व निर्माण र सहिष्णुताको संरक्षणका लागि विभिन्न धार्मिक गुरुहरू पुस्तकालयमा बसेर घन्टौँ बहससमेत गरेका छन र हात मिलाएर शान्तिको सन्देश बाँडेका छन् ।

महेन्द्र पुस्तकालयका सल्लाहकार तथा भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिनाले बाँकेको साहित्य उबर््र भएको उल्लेख गर्दै बाँकेको वाङ्मयको विकासमा पनि आफूहरुले काम गरिरहेको बताउनुभयो । “कविता, समालोचना, खण्डकाव्यको विधामा पनि हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । साहित्यमा लाग्नेसँग अध्ययन, अनुसन्धान र अनुशिलन आवश्यक हुनेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले ‘शताब्दि साहित्यको इतिहास’ नामक कृतिसमेत अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“पुस्तकालयको नेतृत्व एउटै हुँदा समस्या आएकाले नयाँ निर्वाचित नेतृत्व आएपछि पुस्तकालयलाई परिष्कृत बनाउन थालिएको छ”, उहाँले भन्नुभयो । तिमिल्सिनाले पुस्तकालयमा पढ्ने वातावरण नै नभएको उल्लेख गर्दै बीचबीचमा बन्दसमेत भएको बताउनुभयो । बाँकेमा उर्दु भाषा साहित्यमा अब्दुल लतिफ सौक, अवधि भाषा साहित्यमा सचिनान्द चौबे, नेपाली साहित्यमा इन्द्रमणि मानव, डि विकास, तीर्थराम श्रेष्ठ, ‘अटबारी’, सनत रेग्मी, नन्दराम लम्साल, स्व प्रेमप्रकाश मल्लको नाम साहित्यकारका रुपमा अग्रणी स्थानमा रहेको छ ।

साहित्यकार तथा पत्रकार पूर्णलाल चुकेले प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन भएपछि पुस्तकालयलाई गति दिन थालिएको उल्लेख गर्दै वाचनालय सञ्चालनको तयारी भइरहको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय दूतावासको सहयोगमा पुस्तकालयको भौतिक संरचना पनि निर्माण भएको छ र भारतका साहित्यकार र नेपाली साहित्यकारबीच पनि साहित्य सम्मलेन हुने गरेको छ ।”

साहित्यकार सचिनानन्द चौबेले अवधि र उर्दुु साहित्य अहिले बाँकेमा कमजोर अवस्थामा रहेको जानकारी दिँदै साहित्यमा राजनीति हाबी भएको आरोप लगाउनुभयो । “कहिलेकाहीँ महिनामा एक पटक गजल भइरहेको हुन्छ”, उहाँले भन्नुभयो । महेन्द्र पुस्तकालय, नेपालगञ्जका सदस्य सनत रेग्मीले झण्डै रु २७ लाखको बजेट बनाइएको उल्लेख गर्दै सो बजेटका आधारमा फागुनबाट वाचनालय सञ्चालन हुने जानकारी दिँदै ‘कथा सुनौँ र सुनाउ’कार्यक्रम एक वर्ष सञ्चालन भएको बताउनुभयो ।

उहाँले बहुभाषिक कविता वाचन जिल्लाको विशेषता भएको र पछिल्लो समय युवा साहित्कारको सङ्ख्या बढेर ७० पुगेको बताउनुभयो । सो पुस्तकालयमा पाँच सय बढी पुस्तक रहेको बताइएको छ । बाँकेमा पुस्तकालय संरक्षण र आवश्यक समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला शिक्षा तथा समन्वय एकाइसमेत सो समितिमा रहेको छ ।

समितिले जिल्लाका पुस्तकालयको अवस्था अध्ययन गर्ने, उत्पन्न विवादको अन्त्य गर्ने तथा पुस्तकालयको सर्वाङ्गीण विकासका लागि बजेट तथा कार्यक्रमसमेत बनाउन सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका, २०६९ मा उल्लेख छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com