हैटीको टीपीएस नथपिने, नेपालको थप्न पहल अप्रयाप्त


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

७ रेक्टर स्केलको भूकम्पपछि अमेरिकामा रहेका हैटीका नागरिकलाई अमेरिकाले टीपीएस प्रदान गरेकोमा अब हैटीका नागरिकको टीपीएस थपिने सम्भावना लगभग अन्त्य भएको छ । सन् २०१० को जनवरी १२ मा हैटीमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका हैटीका नागरिकलाई टीपीएस सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरेको हो ।

युएससीआईएसले आज एक सुचना जारी गर्दै अबको ६ महिनापछि अर्थात् सन् २०१८ को जनवरी २२ मा अमेरिकामा रहेका हैटीका नागरिकको टीपीएस समाप्त हुन लागेकाले ६ महिनाको अवधिमा अन्य इमिग्रेशन सुविधा नलिएका हैटीका नागरिकलाई स्वदेश फर्कने तयारी गर्न सुझाव दिएको छ । स्वेदश फर्कनका लागि हैटीको सरकारले जारी गरेको पासपोर्ट वा अन्य यात्रा कागजात अद्यावधिक भएको चेक गर्न र अद्यावधिक कागजात नहुनेहरुले हैटीको कन्सुलेटमा सम्पर्क गर्न युएससीआईएसले सुझाव दिएको छ ।

नेपालको अवस्था हैटीको भन्दा राम्रो भएको विश्लेषण गर्दै टीपीएसको अवधि नथपिने सम्भावना रहेको छ । टीपीएसका अवधि थप गराउनका लागि उल्लेख्य र प्रयाप्त पहल समेत नभएको तथा टीपीएसको अवधि समाप्त हुन झण्डै ११ महिना बाँकी रहेको सन्दर्भमा टीपीएसको अवधि थपिने सम्भावना कम भएको हो । उल्लेख्य र प्रयाप्त पहल नभएमा नेपालको टीपीएस थपिने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

यदि नेपालको टीपीएस नथपिएमा टीपीएस प्राप्त हजारौं नेपालीहरुको भविश्य अन्यौलग्रस्त हुने सम्भावना देखिएको छ । नेपाल सरकारका उच्च अधिकारीहरुले अमेरिकी सरकारका अधिकारीहरुसँगको भेटमा नेपालका अवस्थामा उल्लेख्य सुधार आएको र टीपीएसको अवधि थप्न आवश्यक नरहेको बताएको श्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com