उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

k|bz{gLdf r’Qf lsGg]sf] 3’OFrf] sf7df8f}F, @! k’; M h’Qf pTkfbs ;ª3 g]kfnn] !^cf}F cGt/f{li6«o km’6j]o/ cf}Bf]lus k|bz{gLdf r’Qf lsGg]x?sf] 3’OFrf] . t:aL/ M ls/0f/fh lji6÷/f;;

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ ।

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु हुन् । यी वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले बजेटमा राखेको छ ।

जुत्ताचप्पलको निर्यातमा अनुदान दिने नीति सरकारले लिएको भए पनि त्यसका लागि व्यावसायिक वातावरण भने बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । स्वदेशी उत्पादनको संरक्षण र बजार बिस्तारका लागि सरकारी पहल हुन नसकेको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानिराज घिमिरे बताउनुहुन्छ । “सरकारले निर्यातमा अनुदान दिने त भन्यो तर त्यसका लागि हामीले कुनै सहयोग पाएनौँ । सरकारको नीति सकारात्मक भए पनि व्यवहारमा हामीले अनुभूत गर्न सकेका छैनौँ”, घिमिरेले भन्नुभयो । नेपाली जुत्ताचप्पलको उत्पादन लागत बढी हुने भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिएको उहाँको भनाइ छ । बैंकको उच्च ब्याजदर, कच्चा पदार्थमा उच्च भन्सार दर, चोरी पैठारी, न्यून बिजकीकरणलगायतका समस्या रहेको घिमिरेले बताउनुभयो ।

सरकारले जुत्ता चप्पलको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भने पनि अधिकांश नेपाली उत्पादकले यस्तो अनुदान लिन नसकेको घिमिरे स्वीकार्नुहुन्छ । “आठ प्रतिशतसम्म नगद अनुदान लिनका लागि धेरै उत्पादकहरूका कारोबार रकम नै पुग्दैन । तर तीनदेखि पाँच प्रतिशतसम्म अनुदान लिइरहेका उत्पादकहरू अहिले पनि छन्”, उहाँले भन्नुभयो । फुटवेयर उद्योगको उत्पादन बढाउने र निर्यातमार्फत् अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने क्षेत्र रहे पनि अनेकौँ समस्या यो क्षेत्रले खेप्नु परेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“आन्तरिक बजार समस्यामा पर्नुको मुख्य कारण चोरी पैठारी हो । दक्ष कामदार छैनन् । फुटवेयरसँग सम्बन्धित पाठ्यक्रम छैन । हाम्रो समाजले नै जुत्ताचप्पल व्यवसायलाई सम्मानित पेसाका रूपमा लिएको देखिँदैन । बाहुन क्षेत्रीले जुत्ता बनाएको वा बेचेको भनेर सामाजिक प्रतिष्ठासँग जोडिन्छ”, अध्यक्ष घिमिरेले भन्नुभयो । भन्सार विभाग र आन्तरिक राजस्व विभागले सीमा नाकामा कडाइ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके चोरी पैठारी रोकिने उहाँको भनाइ छ ।

अहिले राजधानीको भृकुटीमण्डपमा १६ औँ अन्तर्राष्टिय फुटवेयर औद्योगिक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा स्वदेशी जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगी, थोक तथा खुद्रा बिक्रेता सहभागी छन् । शुक्रबार आफ्नो कम्पनी युनाइटेड फुटवेयर इन्ड्रस्टिजको स्टलमा भेटिनुभएका सदाब अख्तर अहिले जुत्ता चप्पलको कच्चा पदार्थ उत्पादनमा पनि नेपाल आत्मनिर्भरको बाटोमा रहेको बताउनुहुन्छ । “हामीले विगत २५ वर्षदेखि नेपालमा छाला उत्पादन गर्दै आएका थियौँ । छालाका जुत्ता चप्पल बनाउनका लागि नेपालमै गुणस्तरीय र पर्याप्त कच्चा पदार्थ उत्पादन भइरहेको छ”, अख्तरले भन्नुभयो ।

विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा जुत्ता चप्पल बनाउँदा त्यसमा हुने मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ । “अहिले नेपालमा उत्पादन हुने जुत्ताचप्पलको ४० देखि ५० प्रतिशत कच्चापदार्थ नेपालभित्रै उत्पादन हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याउने र त्यसलाई फाइनल प्रोडक्ट बनाउने हो भने ५० देखि ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एड) हुन्छ”, जुत्ता उत्पादक सङ्घका अध्यक्ष घिमिरेले भन्नुभयो ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको तथ्याङ्कअनुसार हाल नेपालमा बिक्री हुने जुत्ताचप्पलजन्य सामानमध्ये करिब ५० प्रतिशत नेपालभित्रकै उत्पादन हो । अर्थात् अहिले नेपालमा बिक्री हुने जुत्ताचप्पलमध्ये स्वदेशमै उत्पादित र आयातितको हिस्सा समान छ । नेपालभरका डिलर, थोक, खुद्रा व्यवसायीमार्फत बिक्रीवितरण बढाएर त्यसलाई ७५ प्रतिशतसम्म पु¥याउने लक्ष्य राखिएको एसोशिएसनको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com