२०२३ मा भ्रमण गर्नुपर्ने विश्वका २३ स्थानको सीएनएन सुचीमा नेपालको मुस्ताङ उपत्यका


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

सीएनएनले सन् २०२३ मा भ्रमण गर्नुपर्ने विश्वका २३ स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि राखेको छ । नेपालको मुस्ताङ उपत्यकाबारे परिचय दिदै सीएनएनले घुम्नुपर्ने स्थानमा राखेको हो ।

सीएनएनले भनेको छ – ‘हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ।’

पदयात्राका अतिरिक्त मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्ने उल्लेख गर्दै सीएनएनले २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका मानव निर्मित मुस्ताङ गुफाहरू छुटाउन नहुने उल्लेख गरेको छ ।

सीएनएनले भनेको छ – ‘मुस्ताङ उपत्यका पुग्नु साहसिक कार्यको एक हिस्सा हो। यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट १२ घन्टाको ड्राइभमा सुन्दर दृश्यावलोकन गर्दै जान सकिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com