ट्रम्प–पुटिन गोप्य भेटवार्ता भएको ह्वाइटहाउसको स्वीकार


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ ।

यो महिनाको शुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जि२० बैठकका क्रममा उहाँहरुबीच पहिला घोषित रुपमा नै भेटवार्ता भएको मात्र समाचार आएको थियो ।

तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार मङ्गलबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् ।

उहाँहरुबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंँ पछि एकजना रुसी दोभाषे मात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर दुईजनाबीच केकस्ता विषयमा छलफल भएको थियो भन्ने बारेमा भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ ।

अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारहरुपछिको यो अर्काे खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ ।

सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मङ्गलबार ह्वाइटहाउसले स्वीकार्न बाध्य भएको बताइएको छ ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँहरुबीचमात्र तर छोटोवार्ता भएको बताएको छ ।

तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय पनि सार्वजनिक भएको थियो ।

त्यस समयमा राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो । उनले सो समाचारको स्वीकार गरेका छन् ।

ह्यामबर्गको जी२० बैठकका समयमा राष्ट्रप्रमुखहरुको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका थिए । रासस/एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com