बढ्दो चिसोमा किसानलाई कामको चटारो


प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार

cfn’df sL6gfzs cf}iflw 5ls{b} b]pv’/L,!@ k’; M Jofj;flos cfn’v]tLdf 89’jf /f]u nfu]kl5 3f]/fxL– @, ;’s]{8fuLsf ls;fg sL6gfzs cf}iflw 5ls{b} . tl:a/ M /l~htf clwsf/L÷/f;;

मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पु¥याउनु पर्ने र उखु क्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ ।

अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो । समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ । यहाँका किसानहरु मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन् ।

“खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले, “गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फुल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ ।” उहाँ यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्र्याक्टरमा लोड गर्ने काममा पनि व्यस्त हुनुहुन्छ ।

खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ । तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन् । पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ ९लड्डु० बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ ।

“पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी/चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा ९सखरखण्ड, सुठुनी०, पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ”, रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “अहिले बजार पु¥याउन नसकिएको तिलको भाउ सङ्क्रान्तिपछि घट्छ ।”

मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने/ख्वाउने स्थापित परम्पराले माघे सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पु¥याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । कन्दमूल खन्ने र बजार पु¥याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताउनुभयो । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने÷ख्वाइने चलन छ ।

त्यसैगरी, गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन् । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पु¥याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवानको भनाइ छ ।

पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा ९सख्खर० बनाउने काममा तल्लीन देखिएका छन् । “अहिले जाँगर नचलाए आम्दानी हुँदैन”, मिठ्ठा बनाउन ठूलो चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतोले भन्नुभयो, “उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ ।”
मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै थारूहरुको व्यस्तता बढ्ने गरेको छ ।

तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । विवाह भएका छोरी÷चेली ९फुपू, दिदीबहिनी र छोरीभतिजी० मित÷मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पु¥याइने परम्परा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com