हल्का वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति : पुस ९, २०७९ शनिबार
x’Dnfdf lr;f] a9bf hd]sf a/km l;dsf]6 ^ k’; M x’Dnfdf kl5Nnf lbgdf lr;f] a9b} uPsfn] tfkqmd dfOg;df x’Fbf hd]sf] a/km . tl:a/ M bfg] af]x/f÷/f;;
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ । पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले उल्लेख गर्नुभयो ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।







