माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन कायम राख्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकालेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दलको नेता चयन भएसँगै सरकार निर्माणबारे अन्य दलहरूसँग संवाद र छलफल अघि बढाउने निर्णय पनि माओवादीले गरेको छ।

पदाधिकारी बैठकपछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता, हितराज पाण्डेलाई प्रमुख सचेतक र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ।
संसद्‍को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस । कांग्रेस कार्यसम्पादन समितिको बैठकले संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने यसअघि नै गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार पुस १० गते साँझ ५ बजेसम्ममा बहुमतसहित सरकारको दाबी गर्न दलहरुलाई समय दिएकी छन्।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com