माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन भएका छन् । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।
सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको छ भने संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे निर्णय हुन बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com