मेस्सीले पेनाल्टीमार्फत गरे गोल


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका छन् ।

३५ बर्षका सुपरस्टार लियोनेल मेस्सीको यसपटकको विश्वकपमा सबैभन्दा छैठौं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेको भन्दा एक गोल बढी हो ।

खेलको २१ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फ्रान्सविरुद्ध १–० को अग्रता दिलाएका छन् ।

यसपटकको विश्वकपमा मेस्सीले सातौं खेल खेलिरहेका छन् । आजको खेल विश्वकपका खेलहरुमा उनको २६ औं सहभागिता हो । अब उनले विश्व कप इतिहासमा लोथर माथाउसलाई उछिनेका छन् ।

३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् । उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्। उनी सन् २०१४ मा नजिक आएका थिए तर फाइनलमा जर्मनीसँग हारेका थिए ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com