पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित : संयुक्त राष्ट्रसङ्घ


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

ओसीएचएले भनेको छ, “मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए ।”

राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com