साउनमा मेहन्दी र हरियो चुरा (फोटो फिचर)


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना आजदेखि सुरु भएको छ । यस महिना हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् ।

भगवान शिवको पि्रय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायू हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना बिशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ ।

अविवाहित महिलाहरु पनि योग्य वर प्राप्तीका लागि महिनाका सबै सोमबार ब्रत बस्छन् । यसपटक पाँच सोमबार परेका कारण अझै शुभ मानिएको छ ।

हिन्दू किम्बदन्ती अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com