२ गोल गर्दै फ्रान्स फाइनलमा, आइतबार अर्जेन्टिनासँग भिड्ने


प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार

France’s defender #22 Theo Hernandez strikes the ball to score his team’s first goal past Morocco’s goalkeeper #01 Yassine Bounou during the Qatar 2022 World Cup semi-final football match between France and Morocco at the Al-Bayt Stadium in Al Khor, north of Doha on December 14, 2022. (Photo by Adrian DENNIS / AFP)

मोरक्कोविरुद्ध २ गोल गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे विश्वकप २०२२ को फाइनलमा आइतवार आमनेसामने हुने भएका छन् ।

यी दुई स्टार यस वर्षको गोल्डेन बुटका लागि पनि प्रतिस्पर्धामा छन् । गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको अवार्ड हो । दुवैले अहिलेसम्म पाँच पाँच गोल गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार क्रोएसिया र मोरक्कोबीच तेश्रो स्थानका लागि खेल हुनेछ ।

खेलको पाँचौं मिनेटमा फ्रान्सले मोरक्कोविरुद्ध पहिलो गोल गरेको थियो भने ७९ औं मिनेटमा दोश्रो गोल गरेको थियो । सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्कोले थप इतिहास बनाउन भने सकेन ।

मोरक्कोको फुटवल टिम एटलस लायन्स पहिले नै विश्वकप इतिहासमा सबैभन्दा सफल अफ्रिकी टोली हो । मोरक्कोले प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचेको छ ।

सेमिफाइनलमा पुग्न मोरक्कोले युरोपेली हेवीवेट्स बेल्जियम, स्पेन र पोर्चुगललाई हराएको थियो । मोरक्कोले पोर्चुगललाई हराएपछि, मुख्य प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टोलीलाई रकीसँग तुलना गरेका थिए ।

मोरक्को विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमा पुग्ने पहिलो अरब राष्ट्र पनि हो । राष्ट्रहरू बीचको घनिष्ठ सम्बन्धको बाबजुद मोरक्को र फ्रान्सले यस अगाडि मात्र पाँच पटक खेलेका थिए । जसमा मोरक्कोले चार पटक हारेको थियो भने एक पटक बराबरी खेलेको थियो ।

आजको खेलका थप तस्वीरहरु: 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com