डिसेम्बर २३ पछि अमेरिकी ग्रिनकार्डको नयाँ फर्म, सरकारी सुविधा लिए नलिएकोबारे १० प्रश्न थप


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

डिसेम्बर २३ पछि अमेरिकी ग्रिनकार्ड आवेदकले आई ४८५ फर्मको नयाँ संस्करण प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ । डिसेम्बर २३ वा त्योपछि सन् २०२२, डिसेम्बर २३ लेखेको संस्करण प्रयोग नगरेका आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले स्पष्ट पारेको छ ।

डिसेम्बर २३ अगाडि आवेदन दिनेहरुका सन्दर्भमा फर्मको २०२२ को जुलाई १५ को संस्करण प्रयोग गर्न सुझाव दिइएको छ । अन्यथा आवेदन अस्वीकार गरिनेछ ।

गत सेप्टेम्बर ९ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जको नयाँ अन्तिम नियम प्रकाशित गरेको थियो । यो नयाँ अन्तिम नियम डिसेम्बर २३ मा लागु हुने भएकाले ग्रिनकार्ड आवेदन फर्म आई ४८५ को नयाँ संस्करण ल्याइएको हो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ग्रिनकार्ड आवेदन फर्मको नयाँ संस्करणबारे निर्देशिकाहरु सेप्टेम्बर ९ मा नै प्रकाशित गरिएको थियो । पूर्वावलोकन संस्करणहरू र फारम निर्देशनहरू युएससीआईएसले पनि नोभेम्बर २३ मा प्रकाशित गरेको थियो ।

युएससीआईएले फर्मको नयाँ संस्करण प्रकाशित गरिसकेको छ । तर यो केबल डिसेम्बर २३ पछि आवेदन दिने आवेदकलाई तयारी गर्न सहजताका लागि प्रकाशित गरिएको र डिसेम्बर २३ अगाडि पूरानै संस्करण प्रयोग गर्न सुझाव दिइएको छ ।

पूरानो आई ४८५ आवेदन १८ पेजको रहेको छ भने नयाँ आवेदन २० पेजको रहेको छ । सामान्य योग्यता र अस्वीकृतिका आधारको प्रश्न ६१ मा अहिलेको फर्ममा अमेरिकामा अमेरिकी सरकार वा कुनै पनि राज्य, काउन्टी, शहर, वा नगरपालिकाबाट कुनैपनि श्रोतबाट सरकारी सुविधा लिएको नलिएकोबारे प्रश्न रहेको छ भने ६२ मा लिने सम्भावना भए नभएकोबारे प्रश्न सोधिएको छ ।

नयाँ फर्ममा थपिएका प्रश्नहरु

तर नयाँ फर्ममा भने पब्लिक चार्जमा पर्ने नपर्ने सिधा प्रश्न गर्दै यदि पर्ने देखिएको खण्डमा परिवारको आकार, परिवारको बार्षिक आम्दानी, कुल सम्पत्तिको मूल्य, परिवारको दायीत्व रकम, आफ्नौ शैक्षिक योग्यता, प्रमाणपत्र, इजाजतपत्र, कार्य अनुभव मार्फत प्राप्त कौशल लगायतका विवरणहरु भर्नुपर्नेछ । साथै सप्लीमेन्टल सेक्युरिटी इन्कम, खाँचोमा परेका परिवारहरूको लागि अस्थायी सहायता प्राप्त गरे नगरेको पनि जानकारी दिनुपर्नेछ ।

नयाँ फर्ममा थपिएका प्रश्नहरु

सरकारी खर्चमा दीर्घकालीन संस्थागत सहयोग प्राप्त गरे नगरेको विवरण बुझाउनुपर्नेछ भने गरेको भएमा कहिलेदेखि कहिलेसम्म कति डलरको सहायता प्राप्त गरेको हो त्यसलाई फर्ममा सुचिकृत गर्नुपर्नेछ । त्यस्तै कहाँबाट के कारणले सहायता प्राप्त गरेको हो त्यसको विवरण पनि बुझाउनुपर्नेछ ।

अहिलेको फर्मको तुलनामा डिसेम्बर २३ पछि लागु हुने नयाँ फर्म थप जटिल रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com