स्याङ्जा- २ मा पद्मा अर्याललाई पराजित गर्दै कांग्रेस उपसभापति गुरुङ विजयी
प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार
स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।
गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी भए भने अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । ५ हजार ६ सय २७ मतान्तर रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् ।
स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । विदेश गएका र मरेका व्यक्तिको नाममा मतदान भएको आरोप लगाउँदै एमाले लगायतका दलहरुले पुन मतदानको माग गरेपछि १० दिनसम्म मतगणना रोकिएको हो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






