म टीपीएसमा छु, के मैले स्टारसहितको रियल आईडी पाउन सक्छु ?


प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार

सक्नुहुन्छ ।  टीपीएस वाहकले रियल आईडी प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईको लाइसेन्स वा आईडी कार्डको वैधता अवधि सामान्यतया टीपीएसको अवधिको लम्बाइमा निर्भर गर्दछ।

अहिले नेपालीका टीपीएसको कागजातको अवधि सन् २०२४ को जुन ३० सम्म लम्बाइएकाले तपाईले उक्त अवधिसम्मका लागि रियल आईडी वा लाइसेन्स प्राप्त गर्न सक्नुहुनेछ । टीपीएस स्वीकृत भएको वा पेन्डिंग भएको अवस्थामा पनि तपाईले रियल आईडी प्राप्त गर्न सक्नुहुनेछ ।

आईडी आवेदकको अमेरिकामा कानूनी बसोबासको समयावधिसम्मका लागि हुनेछ । यदि कानूनी बसोबासको अवधिको कुनै निश्चित अन्त्य छैन भने आईडीको अवधि एक वर्षको लागि हुनेछ । आईडीका लागि आवेदन दिंदा क्याटेगोरी कोर्ड ए १२ वा सी १९ लेखेको वर्क परमिट लिएर जानुपर्छ ।

तपाईको वर्क परमिटको म्याद पहिले नै उल्लेख भएको खण्डमा पनि स्वत सन् २०२४ को जुनसम्म लम्बिने भएकाले तपाईले नयाँ म्यादको वर्क परमिट लैजान आवश्यक पर्दैन । बरु फेडरल रजिष्टरमा नेपालका कागजातको अवधि लम्बाउनेगरी प्रकाशित सुचना एकप्रति प्रिन्ट गरेर लैजान सक्नुहुनेछ । अधिकारीहरुले सेभ प्रणालीबाट पनि तपाईको अध्यागमन अवस्था हेर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मे ३, २०२३ पछि रियल आईडी अनिवार्य

अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय सुविधाहरूमा पहुँच गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि अब ५ महिनामात्र बाँकी रहेको छ । मे ३, २०२३ पछि अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।

यात्रुहरूलाई मे ३ अगाडि नै राज्यद्वारा जारी गरिएको रियल आईडी प्राप्त गर्न प्रोत्साहित गरिने तथा यसले आफ्नो दैनिक जीवनमा बोक्न अभ्यस्त भएको आईडीको साथ अमेरिका भित्र निर्बाध उडान गर्न अनुमति दिने टीएसएका संघीय सुरक्षा निर्देशक बार्ट आर जनसनले बताए ।

रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।

केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।

कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

कस्ता कागजात आवश्यक पर्छ ?

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

आफूसँग आवश्यक कागजात भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

यदि तपाइँको आईडीमा स्टार छैन भने तपाई आगामी मे २ सम्म उक्त आइडीबाट अमेरिकामा विमान चढ्न सक्नुहुन्छ । तर मे ३ पछि भने तपाइँलाई वैध राहदानी वा अमेरिकी सैन्य आईडी जस्तै अर्को संघीय सरकारी आईडी चाहिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com