प्रधानमन्त्री देउवाको अग्रता निरन्तर


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ ।

प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार पाँच सय ८० मतको फरक रहेको छ । यस्तै नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई दुई हजार ६ सय ९४ मत प्राप्त भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com