गुल्मी २ मा अगाडि अगाडि गोकर्ण विष्ट, पछाडि पछाडि रामकुमारी झाँक्री


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत ल्याएका छन् ।

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com