रवि लामिछानेले मतदानपछि मतपेटिका ढोग्दै भने -‘म एक नेपाली नागरिक, प्रयोग गरें मताधिकार’


प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दिएका रवि लामिछानेले मतदानपछि मतपेटिका ढोग्दै भनेका छन् – ‘म एक नेपाली नागरिक , मैले प्रयोग गरें मेरो मताधिकार ।’

उनले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा हाल्दै त्यसो भनेका हुन् । मतदानमा जानु अगाडि उनले सामाजिक सञ्जालमा भनेका थिए  -‘नेपाल केही खराब मुठ्ठीभर हरुको दल दल मा फसेको छ। म सँग वा हाम्रो पार्टी सँग तपाईका लाख असहमति होलान् , ती हामी सल्ट्याउला। तर देशलाई चरम भ्रष्टाचार र बेथितिको यो दलदल बाट बाहिर निकालौं। हामी आँट गरेर आएका छौ। यस पटक हाम्रो हात समाउनु होस्।’

‘यो चेतना, लहर, उत्साह र आशा देखिन अर्को युग पर्खनु पर्छ। के हामी फेरि अर्को एउटा सिङ्गो युग बर्वाद पार्न सक्छौं । घर बाट भोट हाल्न निस्कदै गर्दा सोच्नु होला। हामी बीचका असहमतिको उपचार छ तर यो बेथितिको अर्को उपचार उपाय छैन।’ –  उनले सामाजिक सञ्जालमा भने ।

पत्रकारिता छाडेर राजनीतिमा हामफालेका रवि लामिछानेले चितवनबाट उम्मेदबारी दिएका हुन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com