पुरुषको शारीरिक कमजोरी हटाउन दैनिक खानुहोस् यी ५ चिज


प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार

व्यस्त जीवनशैली, खानपानको कमी र आफ्नो लागि समय निकाल्न नसक्दा कहिलेकाहीँ पुरुषलाई कमजोरी र थकान महसुस हुन्छ । तर यो कमजोरी हटाउन धेरै पटक उनले विभिन्न किसिमका औषधि र पाउडर खान थाल्छन् । कहिलेकाहीँ यो पाउडर उनीहरूको स्वास्थ्यलाई अनुकूल गर्दैन र यो महँगो पनि हुन्छ। यस्तो अवस्थामा पुरुषको कमजोरी र थकान हटाउनका लागि यी कुराहरु खानपानमा समावेश गर्नुपर्छ । यी कुराहरू समावेश गर्नाले शरीर बलियो हुन्छ र शरीर फुर्तिलो हुन्छ। जानौँ यी खानेकुराका बारेमा ।

घ्यू
घ्यू शरीरका लागि निकै फाइदाजनक हुन्छ । घ्यूमा ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरलाई स्वस्थ बनाउनुका साथै हड्डी पनि मजबुत बनाउँछ । घ्यूले शारीरिक कमजोरी हटाउँछ । घ्यूले पाचन प्रणालीलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

चना
चना स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा हेमोग्लोबिनको कमी हुदैन । नियमित आहारमा चना समावेश गर्नाले कमजोरी हटाउनुका साथै शरीरको थकान पनि हट्दैन । चना यौन स्वास्थ्यका लागि पनि निकै प्रभावकारी हुन्छ । चनाको सेवनले तौल बढाउनुका साथै शरीर निर्माणमा पनि मद्दत गर्छ ।

मह
मह शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले कमजोरी हट्नुका साथै मधुमेहको खतरा पनि कम हुन्छ । महलाई पुरुषको आहारमा समावेश गरिएमा शुक्रकीटको संख्या बढ्नुका साथै शरीरलाई उर्जा पनि मिल्छ । महले इम्युनिटीलाई बलियो बनाएर स्मरणशक्ति पनि तेजिलो बनाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केरा
केरा शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै तौल बढाउन पनि मद्दत गर्छ । यदि तपाई लामो समयदेखि शरीर बनाउने सोचमा हुनुहुन्छ भने केरालाई आहारमा अवश्य समावेश गर्नुहोस् । केरामा पाइने पोटासियम र भिटामिन बीले पुरुषको शारीरिक कमजोरीलाई हटाउँछ ।

छोकडा
छोकडा , वर्षको कुनै पनि समयमा खान सकिन्छ। तर जाडोमा यसलाई खान थाल्नुभयो भने यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र कमजोरी हटाउँछ । सुक्खा छोकडा दूधमा भिजाएर वा उमालेर खान सकिन्छ । यसलाई नियमित रूपमा खाँदा पुरुषलाई शक्ति मिल्छ ।

यी खानेकुराले पुरुषको शारीरिक कमजोरी हटाएर बलियो बनाउँछ । तर यदि तपाईलाई कुनै रोग वा एलर्जी छ भने, डाक्टरलाई सोधेपछि मात्र यी खानेकुराहरू खानुहोस्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com