गिनिज वर्ल्ड रेकर्ड डेमा अमेरिकामा दिनेश सुनारको नयाँ रेकर्ड, विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत


प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार

गिनिज वर्ल्ड रेकर्ड्स डेमा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ रेकर्ड कायम भएको छ । उनको यो नयाँ रेकर्डलाई गिनिज बुकले विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत गरेको छ । टप ६ रोचक रेकर्डमा अमेरिका, यूके, यूएई, चीन, मेक्सिको र जापानका रेकर्डहरु समावेश गरिएकोमा अमेरिकाबाट दिनेश सुनारको मात्र रोचक रेकर्ड रहेको छ ।

अमेरिकाको फ्लोरिडास्थित ओर्ल्यान्डोमा नेपालका दिनेश सुनारले आँखामा पट्टी बाँधेर एक मिनेटमा सबैभन्दा धेरै २१ पटक पछाडि फर्कने समारसल्टको कीर्तिमान बनाएका छन् । जिमनास्ट, स्टन्टम्यान र पार्कर प्रशिक्षक रहेका उनले पार्करमा कैयन विश्व रेकर्ड कायम गरिसकेका छन् ।

दिनेशको रेकर्ड तोड्ने यात्रा सहज नभएको तथा कुनै यातायात, पूर्वाधार वा उपयोगिता सुविधाहरू नभएको दुर्गम समुदायमा हुर्केका दिनेशले स्थानीय नदीको बालुवाको किनार प्रयोग गरी अध्यास गरेको गिनिज बुकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू ७ वर्षको हुँदा धनी र कथित उच्च जातका बासिन्दाको घरमा रहेको टेलिभिजन घरबाहिरबाटै हेर्ने गरेको तथा ब्रुस ली, ज्याकी चेन, टोनी जा र नेपाली अभिनेता निखिल उप्रेती जस्ता कलाकारहरूबाट स्टन्ट अभ्यास गर्न प्रेरित भएको अनुभव बताएका छन् ।

यस अगाडि दिनेशले कैयन रोचक रेकर्डहरु कायम गरिसकेका छन् । क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले अमेरिकामा राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको थियो । एक मिनटमा सबैभन्दा धेरै फुलट्वीस्ट ब्याकवार्ड समरशल्ट बर्पिजमा दिनेशको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको थियो ।

उनले यसमा १२ पटकको रेकर्ड राखे  । यसअगाडि यो रेकर्ड ९ पटकसम्मको रहेको थियो ।

दिनेशको सबैभन्दा ठूलो सपना उनको जीवनमा नेटफ्लिक्सले फिल्म बनाओस् भन्ने रहेको छ । उनले आफ्नो गिनिज वल्र्ड रेकर्डको उपाधिले भावी पुस्तालाई प्रेरणा दिने आशा राखेका छन् ।

 

जुलाइमा पनि सुनारले राखेको सातौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको थियो ।उनले जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोडेका थिए ।   उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा गत महिना दर्ता गरेको हो । ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका थिए । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।

सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत जुनमा दर्ता गरेको थियो ।  ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।

गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।

उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।

दिनेशले  सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com