अमेरिकामा आम्दानी अनुशार करको दर के हो ? कति तिर्नुपर्छ ?


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

focus photography of person counting dollar banknotes

अमेरिकामा आम्दानी अनुशार करका दरहरु निर्धारण गरिएको छ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् ।

आगामी अप्रिलभित्र कर फाइल गर्दा यो बर्षको कर दर गतबर्षको तुलनामा फरक तोकिएको छ । यो बर्ष १० हजार २ सय ७५ सम्म आम्दानी हुने एकल, १४ हजार ६ सय ५० सम्म आम्दानी हुने घरमूली र २० हजार ५ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले १० प्रतिशतसम्म कर तिर्नुपर्छ ।

त्यस्तै ४१ हजार ७ सय ७५ सम्म आम्दानी हुने एकल, ५५ हजार ९ सय ९० सम्म आम्दानी हुने घरमूली र ८३ हजार ५ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले १२ प्रतिशतसम्म कर तिर्नुपर्छ । ८९ हजार ७५ सम्म आम्दानी हुने एकल, ८९ हजार ५० सम्म आम्दानी हुने घरमूली र १ लाख ७८ हजार १ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २२ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

त्यस्तै १ लाख ७० हजार ५० डलरसम्म आम्दानी हुने एकल वा घरमूली र ३ लाख ४० हजार १ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २४ प्रतिशतसम्म कर तिर्नुपर्छ । २ लाख १५ हजार ९ सय ५० डलरसम्म आम्दानी हुने एकल वा घरमूली र ४ लाख ३१ हजार ९ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३२ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

fan of 100 U.S. dollar banknotes

त्यस्तै ५ लाख ३९ हजार ९ सय डलरसम्म आम्दानी हुने एकल वा घरमूली र ६ लाख ४७ हजार ८ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३५ प्रतिशतसम्म कर तिर्नुपर्छ । त्योभन्दा माथि आम्दानी हुनेहरुले ३७ प्रतिशत कर तिर्नुपर्छ । त्यस्तै विवाहित तर एक्ला एक्लै कर फाइल गर्ने दम्पत्तिका सन्दर्भमा पनि फरक मापदण्ड छ ।

यो करको दर सुन्दा तपाईले कति प्रतिशत कर तिर्दै हुनुहुन्छ भन्ने अन्यौल हुनसक्छ । किनभने आफ्नो करको दर थाहा पाउन करदाताले बिभिन्न ब्राकेटहरु हेर्नुपर्छ । अर्थात् करका फरक फरक दरहरु हेरेर हिसाब गर्नुपर्छ । कसैको आम्दानी ४१ हजार ७ सय ७५ भन्दा माथि छ भने उसले सबै आम्दानीको २२ प्रतिशत कर तिर्नुपर्दैन । ४१ हजार ७ सय ७५ भन्दा माथिको आम्दानी जति हो, त्यसको मात्र २२ प्रतिशत तिरे पुग्छ भने १० हजार २ सय ७६ देखि ४१ हजार ७ सय ७५ सम्मको १२ प्रतिशत र १० हजार २ सय ७५ सम्मको १० प्रतिशत तिरे पुग्छ ।

उदाहरणका लागि तपाईको आम्दानी यो बर्ष ५० हजार ६ भने तपाईले ८ हजार २ सय २५ डलरको २२ प्रतिशत, ३१ हजार ५ सयको १२ प्रतिशत र १० हजार २ सय ७५ को १० प्रतिशतमात्र कर तिर्नुहुनेछ । तपाइले तिर्ने कुल कर ६ हजार ६ सयको हाराहारीमा हुनेछ । अर्थात् तपाईले लगभग १३ प्रतिशतमात्र कर तिर्नुहुनेछ ।

यसरी अमेरिकामा करको दर सिमान्तकृत रुपमा हिसाब गरिन्छ । अर्थात् तपाईको आम्दानीको सुरुको डलरको तुलनामा पछिल्लो डलरको कर बढी तिर्नुपर्छ । योग्य ट्याक्स क्रेडिटहरु दावी गरेर तपाई करको कम दरभित्र पर्न सक्नुहुनेछ । उदाहरणका लागि यदि तपाईको आयकरको बिल २ हजार डलर छ भने तपाई ५ सय ट्याक्स क्रेडिटका योग्य भएको खण्डमा तपाईको बिल १५ सयमा झर्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com