बेलायतको विमानस्थलमा सशस्त्र अमेरिकी अध्यागमन अधिकारीहरु तैनाथ हुने


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

बेलायतको विमानस्थलमा अमेरिकाका अध्यागमन अधिकारीहरु तैनाथ गर्ने तयारी भइरहेको छ । आयरल्याण्डको डब्लिन र शाननोनमा जस्तै बेलायतहुँदै अमेरिका आउनेहरुलाई पहिले नै बेलायतमा चेकजाँच गर्ने व्यवस्थाका लागि अध्यागमन अधिकारीहरु तैनाथ गर्न लागिएको हो ।

क्यानडा र अबुधाबीमा पनि अमेरिकाको प्रि क्लियरेन्स पोष्ट राखिएको छ । अब बेलायतमा पनि अमेरिकी अध्यागमनको प्रि क्लियरेन्स राख्न लागिएको जनाइएको छ । बेलायतमा चेकजाँच भइसकेपछि भने अमेरिका आइसकेपछि अध्यागमन अधिकारीहरुको चेकजाँच आवश्यक पर्दैन । तर बेलायतबाट अमेरिका आउनेहरुलाई विमानस्थलमा लामो समय लाग्ने भएको छ । बेलायती होम अफिसका प्रवक्ताले यसबारे अमेरिकासँग छलफल भइरहेको जानकारी दिएका छन् ।

कहिलेदेखि बेलायतको विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरु रहने भन्नेबारे भने केही खुलाइएको छैन । तर हतियारसहितका अध्यागमन अधिकारीहरु बेलायतको विमानस्थलमा राख्दा त्यसको भार एयरलाइन्सहरुलाई पर्ने र एयरलाइन्सको भाडा बढ्नसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com