लिउलाई उपचारका लागि विदेश लान खतरा छैन : अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञ


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न सम्स्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय दिएका छन् ।

उनीहरूले लिउको स्वास्थ्य परीक्षण तथा ल्यावको रिपोर्टका आधारमा उपचार गर्न विदेश जानसक्ने जनाएका हुन् ।
अमेरिकी एमडी एन्डरसन क्यान्सर सेन्टरका क्यान्सर रोग विशेषज्ञ तथा जर्मनीको हेडलवर्ग विश्वविद्यालयका चिकित्सक मार्कुस बुकलरले लिउलाई उपचार गर्न विदेश जाने अनुमति दिएपनि उहाँलाई विशेष स्वास्थ्य सेवासहितको हवाई एम्वुलेन्सको सहायतामा उपचारार्थ विदेश लग्न सुझाव दिइएको छ ।

जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि केही समय पहिले रिहा गरिएकोे थियो ।
गत मे महिनाको २३ तारिखमा उहाँको कलेजोको उपचारको क्रममा उहाँलाई क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित उहाँलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त गरिएको थियो ।

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।
लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उहाँले तीन बर्ष मात्रै जेलअवधि पुरा गर्नुभएको छ ।
लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघिदेखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको थियो । एएफ्पी
––––––––––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com