यस्तो भयो राष्ट्रपतिको दशैं, भ्रातृशोकका कारण प्रधानमन्त्रीले लगाउनुभएन टीका
प्रकाशित मिति : आश्विन १९, २०७९ बुधबार
sf7df8f}F, !( c;f]h . /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejgdf cfof]lht 6Lsf sfo{qmddf ljhof bzdL lbg a’waf/ /fi6«klt sfof{nosf d”nk”hf/L v]drGb| 9sfnnfO{ 6Lsf tyf k|;fb lbg’x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।

बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभयो ।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिनुभएको हो ।
कभर तस्वीरमा राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका तथा प्रसाद लगाई दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ






