इन्डोनेसियाको उत्तरी सुमात्रामा ५.८ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ । जसमा एक जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शनिबार ५.८ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान तथा भूभौतिकी निकाय (बीएमकेजी) ले जनाएको छ । बीएमकेजी प्रमुख द्विकोरिता कर्णावतीले भूकम्पको धक्का निकै शक्तिशाली भएको बताए । जसमा नौ जना घाइते भएका छन् भने प्रदेशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान २ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको उनले बताए । उनले भूकम्पबाट सुनामीको खतरा नरहेको तर पहाडी क्षेत्रमा पहिरो जान सक्ने चेतावनी दिइएको बताए ।

इन्डोनेसिया भूकम्पीय क्षेत्र हो। यहाँ बारम्बार भूकम्प जान्छ । यति मात्र होइन, इन्डोनेसियामा भूकम्प, ज्वालामुखी विष्फोट र सुनामी पनि प्रायः देखिन्छन् । जसका कारण यहाँ सधैं भूकम्पको जोखिम रहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरीमा पश्चिम सुमात्रा प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने ४६० भन्दा बढी घाइते भएका थिए । यसअघि जनवरी २०२१ मा पश्चिम सुलावेसी प्रान्तमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले १०० भन्दा बढीको ज्यान लियो र करिब ६,५०० घाइते भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com