बडा दसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन नकुहिने फोहरलाई व्यवस्थापन गरेकोे अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

महाअभियानमा वाग्मती किनार सडकको दुवैतर्फ घरदैलो कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख सुभाष बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभागका पदाधिकारी, स्थानीयवासी एव वाग्मती अभियानकर्मीको सहभागिता थियो ।

सफाइका क्रममा वाग्मती अभियानकर्मी चक्रबहादुर चन्दको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपण पनि गरिएको थियो । महाअभियानले अर्को शनिबार बुद्धनगर पुलभन्दा पश्चिम झोलुङ्गे पुलअघि संयुक्त राष्ट्रसङ्घीय उद्यानसँगैको भागमा सफाइ गर्ने भएको छ । अर्को शनिबार पनि बडादसैँ नै भए पनि सफाइ अभियान जारी रहने जनाइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाको वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु गरिएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com