आगामी असोज २० गते नेपाल फर्कदैँ सन्दीप, आफूमाथि लागेको आरोपविरुद्ध लड्ने


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल फर्किने भएका छन् । लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत असोज २० गते नेपाल फर्कने र आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका हुन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

उनले आफू निर्दोष रहेको र न्याय प्रणालीमा पूर्ण विश्वास रहेको दोहाराए । सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास रहेको र छिटो भन्दा छिटो न्याय पाउने आशावादी रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।’

लामिछानेले आफूले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँको र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्न यो परीक्षाबाट गुज्रन तयार रहेको बताए । आफू माथि माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा विश्वस्त रहेको जिकिर गरे ।

उनले लेखेका छन्, ‘मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्न यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा म विश्वस्त छु ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com