२०२३ मा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने बाइडेनको योजना


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२३ को बजेट वर्षको लागि शरणार्थी प्रवेशमा १ लाख २५ हजारको बार्षिक सिमाबन्दी तोकेका छन् । यो बर्ष लक्ष्यभन्दा कममात्र शरणार्थीहरु भित्राइएपछि २०२३ का लाग यो सिमाबन्दी अझ बढाउन अधिकारकर्मीहरुले दवाव दिदै आएका थिए ।

शरणार्थी अधिकारकर्मीहरुले अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमलाई पुनर्स्थापना गर्न बाइडेन प्रशासनलाई थप काम गर्न दबाब दिइरहेका छन्। चार दशक भन्दा बढी पुरानो कार्यक्रममा ट्रम्प प्रशासन अन्तर्गत भारी कटौती गरेर १५ हजारमा झारिएको थियो ।

बाइडेनले ट्रम्पको तुलनामा शरणार्थी भित्राउने सीमा चार गुणा बढाए, तर सेप्टेम्बर ३० मा समाप्त हुने यस बजेट वर्षमा हालसम्म २० भन्दा कम शरणार्थीहरू भर्ना भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यो संख्यामा लगभग १ लाख ८० हजार युक्रेनी र अफगानहरूलाई समावेश छैन । उनीहरु मानवीय पैरोल भनिने कानुनी प्रक्रिया मार्फत अमेरिका आएका थिए जसले उनीहरूलाई परम्परागत शरणार्थी कार्यक्रम भन्दा छिटो अमेरिकामा लगेर दुई वर्षसम्म बस्न अनुमति दिन्छ।

शरणार्थीहरूलाई अमेरिकामा स्थायी बसोबासको लागि बाटो प्रदान गरिन्छ। कति शरणार्थी भित्राउने भन्ने निर्धारण प्रत्येक वर्ष राष्ट्रपतिद्वारा निर्धारण गरिन्छ । १ लाख २५ हजारको लक्ष्य मानवीय रुपमा जायज रहेको राष्ट्रिय हितमा रहेको बाइडेनले बताएका छन् । ऐतिहासिक रूपमा प्रशासनका पालामा औषतमा ९५ हजार शरणार्थी भित्राइने गरिएको छ ।

बाइडेनले २०२३ को बजेट वर्षको लागि युरोप र मध्य एशियाका मानिसहरूका लागि थप ५ हजार शरणार्थी कोटा छुट्याएका छन् । जसले युक्रेनमा युद्धबाट भागेकाहरूलाई समायोजन गर्न ठाउँ बनाएको छ।

अफ्रिकाका शरणार्थीहरूका लागि सबैभन्दा ठूलो संख्या ४० हजार, दक्षिण एसियाबाट ३५ हजार र पूर्वी एशिया, युरोप र ल्याटिन अमेरिका प्रत्येकबाट १५ हजार शरणार्थीहरूका लागि छुट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com