ग्रिनकार्डका लागि बुझाइने मेडिकल रिपोर्टमा ६० दिन पुरानो हस्ताक्षर भएपनि छुट दिने नियम विस्तार


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

युएससीआईएसले ग्रिनकार्ड वा आप्रवासी भिसाका लागि बुझाइने मेडिकल रिपोर्टमा सिभिल सर्जनको हस्ताक्षर ६० दिन पुरानो भएपनि छुट दिने नियम विस्तार गरेको छ । सामान्यतया अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेको ६० दिन नाघिसकेको भएमा त्यस्तो रिपोर्टलाई मान्यता नदिइने प्रावधान छ ।

तर गतबर्ष विगतको नियममा छुट दिदै हस्ताक्षर गरेको ६० दिनभन्दा बढी भएका मेडिकल रिपोर्ट समेत स्वीकार गरिने घोषणा गरिएको थियो । यस्तो छुट सेप्टेम्बर ३० मा समाप्त हुने तय भएकोमा अब त्यसलाई लम्बाएर सन् २०२३ को मार्च ३१ सम्म बनाइएको छ ।

कोरोना महामारीका कारण युएससीआईएसले गर्ने काममा ढिलाई भइरहेको र आवदकले समेत मेडिकल जाँच गर्ने लगायतका विषयमा ढिलाई भइरहेकाले युएससीआईएसले अस्थायी रुपमा ६० दिने नियममा छुट दिने व्यवस्था गरेको हो । यो छुट सन् २०२१ को डिसेम्बर ९ देखि लागु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया यो रिपोर्टले सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षका लागि काम गर्छ । २ बर्षको अवधिभित्र युएससीआईएसले आवेदनबारे निर्णय दिन नसकेर उक्त अवधि नाघेको खण्डमा आवेदकले नयाँ मेडिकल रिपोर्ट बुझाउनुपर्ने प्रावधान रहको छ ।

ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियम समेत कार्यान्वयनमा रहेको छ । त्यसै अनुशार युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको थियो ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ । सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com