‘कतार एयरवेजमा लगाइएको अमेरिकी प्रतिबन्ध हट्यो’ : टीएसए


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

कतार एयरवेजबाट अमेरिका आउँदा यात्रुले ह्याण्डकारीमा स्मार्टफोनभन्दा ठूला ल्यापटप जस्ता उपकरण बोक्न नपाइनेगरी अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको टीएसएले जनाएको छ । यसअगाडि टर्किस, इमिरेट्स र इतिहाड एयरवेजहरुमा ल्यापटप बोक्न नपाइने प्रतिबन्ध फुकुवा गरिएको थियो । नयाँ सुरक्षा मापदण्ड अनुशार ल्यापटप बोक्न लगाइएको प्रतिबन्ध फुकुवा गरिएको अमेरिकाको ट्रान्सफोर्टेशन सेक्युरिटी एड्मिनिस्ट्रेशन टीएसएका प्रवक्ताले बताएका छन् ।

गत मार्चमा अमेरिकाले विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका आउदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने नियम लगाएको थियो । आतंककारी आक्रमणको खतरा रहेको भन्दै त्यस्तो प्रतिबन्ध लगाइएको थियो ।

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने भएपछि अमेरिका जाने नेपालीहरु पनि प्रभावित भएका थिए ।

कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट, टर्कीको इस्तानबुल एयरपोर्ट, जोर्डनको क्वीन एलिया इन्टरनेशनल एयरपोर्ट, इजिप्टको कायरो इन्टरनेशन एयरपोर्ट, साउदी अरेवियाका किंग अब्दुल्लाजिज इन्टरनेशनल एयरपोर्ट, किंग खालिद इन्टरनेशनल एयरपोर्ट, कुवेतको कुवेत इन्टरनेशनल एयरपोर्ट र मोरक्कोमारहेको मोहमम्द इन्टरनेशनल एयरपोर्टबाट यात्रा गर्ने यात्रुहरुलाई ह्याण्ड क्यारीमा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर लैजान प्रतिबन्ध लगाउँदा
इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज, कुवेत एयरवेज, रोयल जोर्डनियन, साउदी अरेबियन एयरलाइन्स, इजिप्ट एयर, टर्किस एयरलाइन्स र रोयल एयर मरोक प्रभावित भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्तसाताको बुधबारदेखि अमेरिकाले १०५ देशबाट अमेरिका आउने यात्रुहरुको जाँचबुझको मापदण्डमा कडाई गरेपछि ल्यापटप बोक्नमा लगाएको प्रतिबन्ध हटाएको हो । नयाँ मापदण्ड अनुशार अब विश्वका १०५ वटा देशबाट अमेरिका आउने यात्रुहरुका ल्यापटप, मोबाइल, क्यामेरा जस्ता सामाग्रीहरुको विमानस्थलमा नै कडा जाँच गरिनेछ । ती देशबाट आउने यात्रुहरुलाई पनि छानविनका लागि नयाँ र कडा मापदण्ड बनाइएको छ ।

नयाँ मापदण्ड अनुशार यात्रु र विद्युतीय उपकरणको छानविनमा कडाईमात्र गरिएको छैन, एयरक्राफ्ट र यात्रुका क्षेत्रमा सुरक्षा प्रोटोकल बढाइएको छ । नयाँ मापदण्ड अनुशार कुकुरमार्फत गरिने जाँचबुझ पनि कडा बनाइएको छ ।

गतसाताको बुधबारदेखि लागु नयाँ नियमबाट विभिन्न १०५ देशका २८० विमानस्थलबाट १८० एयरलाइन्सहुँदै अमेरिका आउनेहरु प्रभावित हुनेछन् । ती देशहरुबाट औषतमा हरेक दिन २१ सय उडान हुने गरेको र ३ लाख २५ हजार यात्रु अमेरिका आउने गरेको अमेरिकी सरकारले जनाएको छ ।

आतंकवादी समुहहरुले लगातार विमानबाट यात्रा गर्नेहरुलाई निशाना बनाइरहेको सुचनाका आधारमा सुरक्षा प्रबन्ध बढाउन यसो गरिएको अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले जनाएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com