सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।

सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभई आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ ।

यद्यपि समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको देखिएको छ । सामाजिक सञ्जाल प्रयोग बढे पनि मानिसहरू त्यहाँ आउने सूचनालाई भरसक विश्वास गरिहाल्दैनन् ।

मुलुकभरका १८ वर्ष उमेरमाथिका पाँच हजार पाँच सय ८२ जना बीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ले केही त्यस्ता रोचक तथ्यहरू उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वसानीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययन प्रतिवेदनअनुसार सर्भेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५ दशमलव दुई प्रतिशत, टेलिभिजनको प्रयोग ४८ दशमलव पाँच प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३ प्रतिशत र अनलाइन न्यूज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् ।

सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् भने मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।

सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आव २०७७÷७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल सङ्ख्या सात हजार आठ सय ७४ रहेको छ । यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब एक हजार पर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन सङ्ख्या घट्न थालेको छन् । पत्रपत्रिकाहरूले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् । दूरदराजमा पत्रपत्रिकको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेशा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानका विचारमा उक्त अध्ययनको विश्लेषण उत्साहजनक नभए पनि विश्वनीयताका दृष्टिमा पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई कायमै राखिएकाले निराशाजनक छैन । उहाँले अहिले नयाँ पुस्ता कस्ता सामग्री चाहन्छन् र उनीहरुको रुचि के छ भन्नेबारेमा सामग्री उत्पादन गर्न सक्ने हो भने परम्परागत सञ्चारमाध्यमको अझै औचित्य रहने बताउनुभयो । प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा तीन हजार छ सय २४ पुगेको छ ।

काउन्सिलको ४८औँ वार्षिक प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ । “आमसर्वसाधारण नागरिक कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । एउटै सञ्चारमाध्यमको समाचार पढेर, सुनेर, हेरेर नागरिकले धारणा बनाउन सकिरहेका छैनन् । किनभने तथ्यमै फरक पारिएको हुन्छ ।”

सो अध्ययन र विश्लेषणमा मधु आचार्यको नेतृत्वमा डा भूमिराज चापागाईँ, डा सुधाम्शु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी सम्लग्न रहनुभएको थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com